माङसेबुङ । नेपालले साफ महिला यु–१७ च्याम्पियनसिपमा जित हात पारेको छ ।
शुक्रबार सम्पन्न खेलमा साहारा लिम्बूको सानदार प्रदर्शनमा नेपालले भुटानविरुद्ध २–१ को जित हात पारेको हो । योसँगै नेपालले तीन अंक जोडेको छ ।
नेपालको यो पहिलो जित हो । नेपालको जितमा दूवै गोल साहारा लिम्बूले गरिन् ।
पहिलो हाफमा नेपाल १–० ले पछि परेको थियो । तर, ५८औं मिनेटमा साहरा लिम्बूले गोल गर्दै नेपाललाई खेलमा फर्काइन् । त्यसपछि खेलको ७७औं मिनेटमा साहराले नै गोल गर्दै नेपाललाई २–१ को जित दिलाइन् ।
पहिलो खेलमा भारतसँग नेपाल ७–० ले पराजित भएको थियो । भुटानको भने यो लगातार दोस्रो हार हो । भुटान पहिलो खेलमा बंगलादेशसँग ३–१ ले पराजित भएको थियो ।
अब नेपालले आइतवार बंगलादेशसँग खेल्नेछ ।