नेपाल टप एन्ड टी–ट्वान्टी सिरिजमा पाकिस्तान साहिन्ससँग १ रनले पराजित - Mangsebung News
  • मङ्गलबार, भदौ ३१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाल टप एन्ड टी–ट्वान्टी सिरिजमा पाकिस्तान साहिन्ससँग १ रनले पराजित

माङसेबुङ । नेपाल टप एन्ड टी–ट्वान्टी सिरिजमा पाकिस्तान साहिन्ससँग १ रनले पराजित भएको छ । यो हारसँगै नेपालको सेमिफाइनल पुग्ने संभावना समाप्त भएको छ ।

पाकिस्तानले दिएको १४५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४३ रनमात्रै बनाउन सक्यो ।

नेपाललाई अन्तिम बलमा ३ रन चाहिएको थियो । तर, उक्त रन निकाल्न सकेन ।

चौथो पराजयसँगै ६ खेलमा ४ अंक जोडेको नेपाल समूह चरणबाटै बाहिरिएको छ ।

सम्बन्धित खवर