नेपाल साफ महिला यु–१७ च्याम्पियनसिपको उपाधि होडबाट बाहिरियो - Mangsebung News
  • मङ्गलबार, भदौ ३१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाल साफ महिला यु–१७ च्याम्पियनसिपको उपाधि होडबाट बाहिरियो

माङसेबुङ । नेपाल साफ महिला यु–१७ च्याम्पियनसिपको उपाधि होडबाट बाहिरियो छ ।

बुधबार भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा भएको खेलमा नेपाल बंगलादेशसँग ४–१ ले पराजित भएसँगै उपाधि होडबाट बाहिरिएको हो ।

नेपालको बंगलादेशसँगको यो लगातार दोस्रो हार हो । नेपाल बंगलादेशसँग पहिलो लेगमा ३–० ले पराजित भएको थियो ।

बंगलादेशलाई जित दिलाउन शौरभी अखण्ड प्रीतिले ह्याट्रिक गरिन् । एक गोल भने थुइनुए मार्माले थपेकी हुन् । नेपालकी भूमिका बूढाथोकीले एक गोल फर्काइन् ।

नेपालको ४ खेलबाट ३ अंक मात्रै छ । बंगलादेशले भने ४ खेलबाट ९ अंक पु¥याएको छ । एक खेल कम खेलेको भारतको पनि ९ अंक छ ।

सम्बन्धित खवर