साफ च्याम्पियनसिपमा भारतसँग नेपाल पाराजित, एक खेलअगाबै उपाधि भारतले चुम्यो - Mangsebung News
  • मङ्गलबार, भदौ ३१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

साफ च्याम्पियनसिपमा भारतसँग नेपाल पाराजित, एक खेलअगाबै उपाधि भारतले चुम्यो

माङसेबुङ । भारतले एक खेलअगाबै तेस्रोपल्ट साफ यु–१७ महिला च्याम्पियनसिपको उपाधि चुमेको छ ।

शुक्रबार थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा भएको खेलमा भारतले दोस्रो लेगमा नेपाललाई ५–० ले पराजित गर्दै एक खेलअगाबै साफ यु–१७ महिला च्याम्पियनसिपको उपाधि चुमेको हो ।

भारतले यसअघि सन् २०१८ र ०१९ मा लगातार दुईपल्ट उपाधि जितेको थियो । भारतको जितमा पेरल फर्नान्डेज र दिव्यानी लिन्डाले समान २ गोल गरे । निरा चानुले एक गोल थपे ।

अपराजित रहेको भारतले ५ खेलबाट १५ अंक पु¥याएको छ । दोस्रो स्थानमा रहेको बंगलादेशको समान खेलबाट १० अंक छ । अब अन्तिम खेलमा भारत र बंगलादेश भिड्ने छन् ।

नेपालले भने अन्तिम खेलमा भुटानलाई चुनौती प्रस्तुत गर्नेछ । नेपालको ५ खेलबाट ३ र भुटानको समान खेलबाट १ अंक छ ।

सम्बन्धित खवर