माङसेबुङ । नेपालले भुटानसँग बराबरी खेल्दै साफ यु–१७ महिला च्याम्पियनसिप सक्काएको छ ।
आइतबार भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा भएको अन्तिम खेलमा नेपालले घरेलु टोलीसँग भुटानसँग १–१ को बराबरी खेलेको हो ।
सुरुआती अग्रता जोगाउन नसक्दा नेपालले भुटानसँग बराबरी खेल्दै साफ यु–१७ महिला च्याम्पियनसिप टुंगाएको हो । योसँगै नेपाल तेस्रो हुन सफल भएको छ ।
नेपालका लागि बबतिका कार्कीले गोल गरिन् । भुटानका लागि सोनम याङ्जेनले बराबरी गोल फर्काइन् ।
उपाधि जित्ने लक्ष्यसहित थिम्पु पुगेको नेपाल ६ खेलमा १ मात्रै जित हात पार्न सफल रह्यो ।