माङसेबुङ । विभागीय टोली एपीएफ एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणको छनोट खेलमा साउदी अरबको अल–नासार क्लबसँग पराजित भएको छ ।
एपीएफले अल–नासरसँग ६–१ ले पराजित हुदैं एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरण सक्काएको छ ।
यो नतिजासँगै अल–नासार समूह ‘बी’ मा ३ अंकसहित तेस्रो स्थानमा रह्यो भने एपीएफ अंकविहीन रहँदै चौथो स्थानमा सीमित भयो । दुवै टोली यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेका थिए ।
छनोट खेलमा एपिएफका लागि सविता रानामगरले एक मात्र गोल गरिन् ।