उस्मान डेम्बेलेले जिते बालोन डी’ओर - Mangsebung News
  • सोमबार, कार्तिक ११, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

उस्मान डेम्बेलेले जिते बालोन डी’ओर

माङसेबुङ । विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित उपाधि बालोन डी’ओर २०२४–२५ उस्मान डेम्बेलेले जितेका छन् ।

स्पेनिस तथा बार्सिलोनाका खेलाडी लामिन यमललाई पछि पार्दै फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) का स्टार फरवार्ड उस्मान डेम्बेलेले बालोन डी’ओरको उपाधि जितेका हुन् ।

सोमबार राति पेरिसको प्रसिद्ध शातलिये थिएटरमा आयोजित भव्य कार्यक्रममा ब्राजिली महान् स्टार रोनाल्डिन्होको हातबाट उनले ट्रफी ग्रहण गरे ।

गत सिजन पीएसजीलाई च्याम्पियन्स लिग, लिग १ र फ्रेन्च कप जिताउन महत्त्वपूर्ण योगदान गरेका डेम्बेलेको नाम सुरुदेखि नै बलियो दाबेदारको रूपमा थियो । उनीसँगै प्रतिस्पर्धा गर्नेमा बार्सिलोनाका युवा प्रतिभा यमल थिए ।

सम्बन्धित खवर