नेपालले वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टी–२०आई सिरिज एक खेल अगावै जित्यो - Mangsebung News
  • मङ्गलबार, मङि्सर १७, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालले वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टी–२०आई सिरिज एक खेल अगावै जित्यो

माङसेबुङ । वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टी–२०आई सिरिज एक खेल अगावै नेपालले जितेको छ ।

युएईको शारजाह क्रिकेट अन्तर्राष्ट्रिय रंगशालामा सोमबार भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनको फराकिलो अन्तरले हराउँदै यूएईमा जारी युनिटी कप टी–२०आई शृंखला एक खेल अगावै जितेको हो ।

नेपालले दिएको १७४ रनको बलियो लक्ष्य पछ्याएको वेस्ट इन्डिज ८३ रनमा अलआउट भयो ।

वेस्ट इन्डिजका लागि जेसन होल्डरले सर्वाधिक २१ रन बनाए ।

नेपालको जितमा आदिल आलमले सर्वाधिक ४ विकेट लिए । यसैगरी कुशल भुर्तेलले ३ तथा ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो ।

नेपालका लागि ओपनर आसिफ शेखले अविजित ६८ रन र सन्दीप जोराले ६३ रनको अर्धशतकीय पारी खेले ।

वेस्ट इन्डिजका लागि कप्तान अकिल होसेन र काइल मेयर्सले समान २–२ विकेट लिए । यस्तै जेदिया ब्लेड्सले एक विकेट हात पारे ।

यस खेल जितेसँगै नेपालले टेस्ट राष्ट्रविरुद्ध ऐतिहासिक शृंखला समेत जितेको छ ।

 

सम्बन्धित खवर