वेस्ट इन्डिजसँग अन्तिम खेलमा नेपाल पराजित - Mangsebung News
  • शुक्रबार, मङि्सर १३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

वेस्ट इन्डिजसँग अन्तिम खेलमा नेपाल पराजित

माङसेबुङ । नेपाल वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टी–२०आई सिरिजको अन्तिम खेलमा पराजित भएको छ ।

युएईको शारजाह क्रिकेट अन्तर्राष्ट्रिय रंगशालामा मंगलबार भएको खेलमा नेपाल वेस्ट इन्डिजसँग १० विकेटले पराजित भएको हो ।

नेपालले वेस्ट इन्डिजसँगको ऐतिहासिक सिरिज क्लिन स्वीप गर्ने मौका गुमाएको छ । योसँगै सिरिज नेपालले २–१ ले जितेको छ ।

टेस्ट टोलीसँग पहिलोपल्ट सिरिज खेलेको नेपालले एक खेलअगाबै सिरिज आफ्नो पक्षमा पारेको थियो ।

नेपालले दिएको १२३ रनको लक्ष्य वेस्ट इन्डिजले १२.२ ओभरमा कुनै विकेट नगुमाई पूरा ग¥यो ।

वेस्ट इन्डिजलाई जित दिलाउन ओपनर अमीर जोङ्गुले ७४ रन र अर्का अ‍ेपनर अकिम अगुस्टेले ४१ रन बनाए ।

यसअघि टस हारेर पहिला ब्याटिङ थालेको नेपालले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १२२ रन बनाएको थियो ।

नेपालका ओपनर कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाउँदा कप्तान रोहितकुमार पौडेलले १७ रन बनाए ।

वेस्ट इन्डिजका रमोन सिमन्ड्सले सर्वाधिक चार विकेट लिए ।

सम्बन्धित खवर