मलेसियाबिरुद्धको महिला टी–२०आई सिरिजको दोस्रो खेलमा नेपालको जित - Mangsebung News
  • शुक्रबार, मङि्सर १३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मलेसियाबिरुद्धको महिला टी–२०आई सिरिजको दोस्रो खेलमा नेपालको जित

माङसेबुङ । महिला टी–२०आई सिरिजको लागि मलेसिया भ्रमणमा रहेको नेपाली महिला क्रिकेट टिमले दोस्रो खेलमा जित हासिल गरेको छ ।

शनिबार भएको सिरिजको दोस्रो खेलमा नेपालले घरेलु टोली मलेसियालाई ६ विकेटले हराउदै जित हासिल गरेको हो ।

मलेसियाले प्रस्तुत गरेको ९२ रनको लक्ष्य नेपालले २२ बल बाँकी छदै ४ विकेट गुमाएर पुरा गर्यो ।

नेपालको जितमा उपकप्तान पुजा महतोले ३९ रनको शानदार ईनिङ्स खेलिन् । यसैगरी कप्तान इन्दु वर्मा २७ रनमा नटआउट रहँदा, रुबि पोदारले १५ रनको योगदान गरिन् ।

मलेसियाकी आयना हमिजाले २ विकेट लिइन् भने नुर दानिया स्युहादा र नुर आलियाले १–१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ४ विकेट गुमाएर ९१ रन बनाएको थियो । मलेसियाका लागि आइना हमिजाले अविजित ५० रन बनाइन् । कप्तान विनिफ्रेड दुरासिंघमले १५ रन बनाइन् ।

नेपालकी सोमु विष्टले २ तथा कविता कुँवरले १ विकेट लिए ।

नेपाल यसअघि पहिलो खेलमा ३ रनले पराजित भएको थियो । योसँगै ५ खेलको शृंखला १–१ को बराबरीमा आएको छ । तेस्रो खेल आइतबार हुनेछ ।

सम्बन्धित खवर