
माङसेबुङ । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा नेपालले विजयी सुरुवात गरेको छ ।
बुधबार राति ओमानमा सुरु भएको आफ्नो पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको कुवेत १८.१ ओभरमा अलआउट हुदै ८३ रनमासमेटियो ।

कुवेतका लागि क्लिन्टो अन्टोले सर्वाधिक २६ रन बनाउदा यासिन पटेलले १९ रन बनाए ।
नेपालको जितमा ललित राजवंशी, सन्दीप लामिछाने र कप्तान रोहित पौडेलले समान २–२ विकेटलिए । यस्तै कुशल भुर्तेल, सोमपाल कामी र नन्दन यादवले १–१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १४१रन बनाएर कुवेतलाई १४२ रनको लक्ष्य दिएको थियो ।

ओपनर कुशल भुर्तेलले सर्वाधिक ६६ रन बनाए । यस्तै दीपेन्द्रसिंह ऐरीले २० रन र गुल्शन झाले२० रन बनाए ।
कुवेतका लागि अनुदीप चेन्थामारा र नवीन राजले समान २-२ विकेट लिए । यस्तै मोहम्मदअसलम र अकिफ फारुकले १–१ विकेट लिए ।
यो जितसँगै नेपाल सुपर सिक्समा पुग्ने पक्का भएको छ । अब नेपालले समूह चरणको अर्कोखेलमा शुक्रबार जापानसँग खेल्नेछ ।







