नेपालले मलेसियाविरुद्धको टी-२० आई सिरिज जित्यो - Mangsebung News
  • बिहिबार, मङि्सर १२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपालले मलेसियाविरुद्धको टी-२० आई सिरिज जित्यो

माङसेबुङ । नेपाली महिला क्रिकेट टोलीले मलेसियाविरुद्धको टी-२० आई सिरिज जितेको छ।

बुधबार भएको अन्तिम खेलमा मलेसियालाई ५ विकेटले हराउदै नेपालले मलेसियाविरुद्धको पाँच खेलको सिरिज ३-२ ले जितेको हो।

मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो ।

नेपालको जितमा रुबी पोदारले सर्वाधिक २६ रन बनाइन् । यस्तै पूजा महतोले २३ रन बनाउदा रुबिना क्षेत्री १५ रनमा अविजित रहिन् ।

मलेसियाकी नुर दानिया स्युहादा, आइसा एलिसा, आइना हमिजा, नुर आलिया बत्रिसिया र माहिरा इजातीले १-१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाएर १०३ रन बनाएको थियो ।

मलेसियाका लागि कप्तान विनिफ्रेड दुराइसिंघामले सर्वाधिक ४० रन बनाइन् ।

नेपालकी कविता कुँवर र राजमती ऐरीले पनि ३-३ विकेट लिइन् ।

सम्बन्धित खवर