
माङसेबुङ । नेपाल एएफसी एसियन कप छनोट २०२७ को तेस्रो चरणमा भियतनासँग पराजित भएको छ ।
बिहीबार भियतनामको होचि मिन्हस्थित गो डाउ स्टेडियममा सम्पन्न समूह ‘एफ’को खेलमा घरेलु टोली भियतनामसँग नेपाल ३–१ ले पराजित भएको हो ।
यस जितसँगै भियतनाम ३ खेलबाट दुई जितसहित ६ अंक जोड्दै समूह ‘एफ’ मा दोस्रो स्थानमा उक्लिएको छ।
मलेसिया ९ अंकसहित शीर्ष स्थानमा छ। लाओसले ३ अंक जोडेको छ भने नेपाल तीनै खेलमा पराजित हुँदै अंकविहीन अवस्थामा छ।
भियतनामको जितमा नुगुएन टिएन लिङ, फाम जुआन मान्ह र नुगुएन भान भीले समान एक गोल गरे । नेपालका लागि एक मात्र गोल सनिश श्रेष्ठले गरेका हुन् ।







