नेपाल आईसीसी टी-२० विश्वकप छनोटको सुपर सिक्समा प्रवेश - Mangsebung News
  • बिहिबार, मङि्सर १२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाल आईसीसी टी-२० विश्वकप छनोटको सुपर सिक्समा प्रवेश

माङसेबुङ । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा नेपाल समूह विजेता बन्दै सुपर सिक्समा पुगेको छ।

शुक्रबार भएको खेलमा जापानलाई ५ विकेटले हराउदै नेपाल लगातार दोस्रो जितका साथ सुपर सिक्समा पुगेको हो ।

जापानले दिएको १३२ रनको लक्ष्य नेपालले २ ओभर बाँकी छँदा ५ विकेटको क्षतिमा पूरा गर्यो ।

नेपालको जितमा आसिफ शेखले सर्वाधिक ३८ रन बनाए । यस्तै गुल्शन झाले २८ रन र दीपेन्द्रसिंह ऐरी १४ रनमा अविजित रहे । कुशल भुर्तेलले २१ रन तथा कप्तान रोहित पौडेलले १८ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जापानले २० ओभरमा ८ विकेट गुमाएर १३१ रन बनाएको थियो ।

जापानका लागि कप्तान केन्डल काडोवाकी फ्लेमिङले सर्वाधिक ६० रन बनाए । यस्तै इसार रहमान ३१ रन बनाएर आउट भए । बेन्जामिन इटो डेभिसले अन्त्यतिर १७ रन बनाए ।

नेपालको जितमा गुल्शन झा र सन्दीप लामिछानेले २-२ विकेट लिए ।‍ सोमपाल कामी र नन्दन यादवले १-१ विकेट लिए ।

नेपालले जापानलाई हराएसँगै सुपर सिक्समा २ अंकका साथ सुरुवात गर्ने भएको छ ।

सम्बन्धित खवर