आईसीसी टी–२० विश्वकप छनोटमा यूएईमाथि नेपालको रोमाञ्चक जित - Mangsebung News
  • बिहिबार, मङि्सर १२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईसीसी टी–२० विश्वकप छनोटमा यूएईमाथि नेपालको रोमाञ्चक जित

माङसेबुङ । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत यूएईमाथि १ रनको रोमाञ्चक जित निकालेको छ ।

आइतबार ओमानमा सम्पन्न सुपर सिक्सको पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्ध नेपालले एक रनको जित निकालेको हो ।

नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रनमा समेटियो ।

यूएईका लागि अलिशान सराफूले ५८ रनको अर्धशतकीय पारी खेले । यस्तै ध्रुव पराशरले ३८ रन बनाए ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए । यसैगरी सन्दीप लामिछाने, सोमपाल कामी र गुल्शन झाले १–१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १४० रन बनाएको थियो ।

नेपालको जितमा आसिफ शेखले ५१ रन बनाए । यस्तै कुशल भुर्तेलले २८ रन तथा कप्तान रोहित पौडेले २० रन बनाए । गुल्शन झाले १४ रन बनाएर आउट भए ।

यूएईका लागि जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले १–१ विकेट लिए ।

सम्बन्धित खवर