आईसीसी टी–२० विश्वकप छनोटमा कतारमाथि नेपालको रोमाञ्चक जित - Mangsebung News
  • मङ्गलबार, असोज २८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईसीसी टी–२० विश्वकप छनोटमा कतारमाथि नेपालको रोमाञ्चक जित

माङसेबुङ । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा कतारमाथि ५ रनको रोमाञ्चक जित निकालेको छ ।

सोमबार ओमानमा भएको खेलमा सन्दीप लामिछानेले ५ विकेट लिएपछि नेपालले कतारमाथि ५ रनको रोमाञ्चक जित निकालेको हो ।

नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार १४२ रन बनाएर अलआउट भयो ।

कतारका लागि ओपनर इमाल लियानागेले सर्वाधिक ५५ रन बनाए । यस्तै जुबेर अलीले ५२ रन बनाए ।

नेपालको जितमा सन्दीपले सर्वाधिक ५ विकेट लिए । यस्तै नन्दन यादवले २ तथा दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।

एक समय सहज जितको अवस्थामा रहेको कतारविरुद्ध नेपालले शानदार पुनरागमन गरेको हो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १४७ रन बनाएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५८ रन बनाए । यस्तै दीपेन्द्रसिंह ऐरीले २६ रन र गुल्शन झाले १६ रन बनाए ।

कतारका लागि कप्तान मिर्जा बेग र डानियल लुइसले पनि ३ विकेट लिए । यस्तै मुहम्मद असिमले १ विकेट लिए ।

सम्बन्धित खवर