माङसेबुङ । धनमायाँ राना साम्पाङ तेस्रो स्मृति कप पथरी शनिश्चरे महिला फुटबल क्लबले जितेको छ ।
आज आत्मानन्द रंगशालामा सम्पन्न फाइनलमा पथरीले महमाई एकता क्लबलाई ४–० गोलअन्तरले पराजित गरेको हो ।
खेलको पहिलो हाफमा पथरीले २–० अग्रता बनाएको थियो । दोस्रो हाफमा २ गोल थप्दै पथरीले खेल जितेको हो । महमाईतर्फबाट केही राम्रा अवसरलाई गोलमा परिणत गर्न नसक्दा खेलमा पराजित हुन पुगेको थियो ।
पथरीले सेमिफाइनलमा मुजुरभिटा युथ क्लबलाई टाइबे्रकरमा ५–४ स्तब्ध पार्दै फाइनलमा स्थान पक्का गरेको थियो । यसैगरी महमाईलाई मंलबारे युनाइटेड झापालाई पाखा लगाएर फाइनल प्रवेश गरेको थियो ।
खेलको उत्कृष्ट खलाडी लोरयाक्स राई, हाइएष्ट स्कोरर मलिका तामाङ, उत्कृष्ट गोल किपर सर्मिला मगर र उत्कृष्ट डिफेन्डर कमला श्रेष्ठले जितेका छन् । प्रतियोगिताको विजेताले ३ं० हजार र उपविजेताले २० हजार नगद पुरस्कार प्राप्त गरे ।
आत्म पवित्र खेलकुद समितिले स्वर्गीय व्यवसायी धनमायाँ साम्पाङको स्मृतिमा आयोजना गरेको हो । पुरस्कारको प्रायोजन स्वर्गीय साम्पाङको श्रीमान् बलबहादुर साम्पाङले गरेको छन् । खेलको सहआयोजना युथ अफ माङसेबुङले गरेको हो ।