एएफसी एसियन कप छनोटमा नेपालको लगातार चौथो हार - Mangsebung News
  • मङ्गलबार, साउन ०५, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एएफसी एसियन कप छनोटमा नेपालको लगातार चौथो हार

माङसेबुङ । एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपालले लगातार चौथो हार बेहोरेको छ।

सोमबार थोंग न्हाट स्टेडियममा राति भएको समूह ‘एफ’ को खेलमा घरेलु टोली भियतनामसँग १–० ले पराजित भएको हो।

यो हारसँगै नेपालको आगामी चरणमा पुग्ने आशा सकिएको छ।

खेलको पाँचौं मिनेटमै नेपाली डिफेन्डर सुमन श्रेष्ठको आत्मघाति गोलसँगै भियतनामले अग्रता लिएको थियो । त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन् र खेल १–० मा टुंगियो।

पहिलो लेगमा पनि भियतनामले नेपाललाई ३–१ ले हराएको थियो ।

यससँगै नेपाल अंकविहीन अवस्थामा समूहको पुछारमा यथावत् छ ।

सम्बन्धित खवर