नेपाल महिला यु–१७ एसियन कप छनोटमा तुर्केमेनिस्तानसँग बराबरीमा रोकियो - Mangsebung News
  • बिहिबार, असोज ३०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाल महिला यु–१७ एसियन कप छनोटमा तुर्केमेनिस्तानसँग बराबरीमा रोकियो

माङसेबुङ । नेपाल एएफसी महिला यु–१७ एसियन कप छनोटअन्तर्गत पहिलो खेलमा तुर्केमेनिस्तानसँग बराबरीमा रोकिएको छ ।

बुधबार थाइल्यान्डको चोनबुरी स्टेडियममा भएको समूह ‘एफ’ को पहिलो खेलमा नेपाल तुर्केमेनिस्तानसँग गोलरहित बराबरीमा रोकिएको हो । दुवै टोलीले एक अंक जोडेका छन् ।

योसँगै एएफसी महिला यु–१७ एसियन कप पुग्ने नेपालको सम्भावना कमजोर बनेको छ ।

समूह चरणको अन्तिम खेलमा नेपालले शुक्रबार थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित खवर