नेपाल आईसीसी टी–२० विश्वकप छनोटको उपाधि नजिक - Mangsebung News
  • बिहिबार, असोज ३०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको उपाधि नजिक

माङसेबुङ । नेपाल आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा अपराजित यात्रा कायमै राख्दै प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।

बुधबार भएको खेलमा ओमानलाई ३८ रनले हराउँदै नेपाल अपराजित यात्रा कायमै राख्दै छनोट प्रतियोगिताको उपाधिको नजिक पुगेको हो ।

नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाएर ११३ रनमा समेटियो ।

ओमानका लागि विनायक शुम्लाले सर्वाधिक ३२ रन बनाए । यस्तै मोहम्मद नदीमले २५ रन बनाए ।

नेपालका लागि गुल्शन झाले सर्वाधिक ३ विकेट लिए । यस्तै नन्दन यादव र सोमपाल कामीले २–२ विकेट तथा सन्दीप लामिछानेले १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनाएको थियो ।

नेपालको जितमा कुशल भुर्तेलले सर्वाधिक ६९ रन बनाए । यस्तै आसिफ शेखले २४ रन, गुल्शन झाले १८ रन तथा आदिल आलमले १६ रन बनाए ।

ओमानका लागि नदीम खानले सर्वाधिक ४ विकेट लिए । यस्तै शुफिया मेहमुद र जितेन रामानन्दीले २–२ विकेट लिए ।

नेपाल र ओमान दुवै विश्वकपमा छनोट भइसकेका छन् । आजको जितपछि नेपाल ४ खेलमा ८ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ ।

नेपालले अब शुक्रबार सामोआसँग खेल्नेछ ।

सम्बन्धित खवर