नेपाल त्रिदेशिय अन्तर्राष्ट्रिय महिला मैत्रीपूर्ण फुटबलमा इरानसँग पराजित - Mangsebung News
  • शनिबार, माघ १८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाल त्रिदेशिय अन्तर्राष्ट्रिय महिला मैत्रीपूर्ण फुटबलमा इरानसँग पराजित

माङसेबुङ । नेपाल त्रिदेशिय अन्तर्राष्ट्रिय महिला मैत्रीपूर्ण फुटबलमा इरानसँग ३–० ले पराजित भएको छ ।

शुक्रबार शिलोङस्थित जवाहरलाल नेहरु मैदानमा भएको खेलमा नेपाल इरानसँग ३–० ले पराजित भएको हो ।

इरानको जितमा सारा दिदार, जाहरा घानबारी र सबनम बेहेसितले गोल गरे ।

लगातार दुई खेल जित्दै इरानले त्रिदेशिय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको उपाधि जितेको छ ।
इरानले पहिलो खेलमा घरेलु टोली भारतलाई २–० ले पराजित गरेको थियो ।

नेपालले दोस्रो खेल १० कात्तिकमा भारतसँग खेल्नेछ ।

सम्बन्धित खवर