
माङसेबुङ । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिका विरुद्धको खेलमा हार बेहोरेको छ ।
नेपालले आइतबार युएईको दुबई इन्टरनेशनल क्रिकेट मैदानमा भएको लिग टु को १५औं सिरिज अन्तर्गत पहिलो खेलमा अमेरिकासँग १०६ रनले हार बेहोरको हो ।
नेपाललाई हराएसँगै २१ खेलबाट ३० अंक जोडेर अमेरिका स्कटल्याण्डलाई रनरेटमा पछि पार्दै लिग टु को शीर्ष स्थानमा उक्लेको छ । नेपाल १७ खेलबाट १२ अंकसहित सातौं स्थानमा छ ।
अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याएको नेपाल ३९.१ ओभरमा १५६ रनमा अलआउट भयो ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४० रन बनाए । यस्तै आसिफ शेखले ३७ रन तथा भिम शार्कीले २९ रन र आरिफ शेखले २० रन बनाए ।
अमेरिकाको जितमा हर्मित सिंहले ससर्वाधिक ६ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २६२ रन बनाएको थियो ।
अमेरिकाका लागि ओपनर स्मित पटेलले सर्वाधिक ७५ रन बनाए । यस्तै मिलिन्द कुमारले अविजित ७० रन र साइतेजा मुक्काकालाले ४२ रन जोडे ।
नेपालका लागि सन्दीप लामिछानेले २ विकेट लिए । यस्तै सोमपाल कामी, आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए ।








