
माङसेबुङ । नेपालले त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा भारतबिरुद्ध उसको घरेलु मैदानमा जित निकालेको छ ।
सोमबार शिलोङको जवाहरलाल नेहरू रंगशालामा भएको खेलमा घरेलु टोली भारतविरुद्ध २–१ को जित हासिल गरेको हो ।
नेपालको जितमा दुबै गोल कप्तान सावित्रा भण्डारी (साम्बा) ले गरिन् । भारतको लागि करिश्मा पुरूषोक्तम सिरभोएकरले सान्त्वना गोल गरिन् ।
भारत विरुद्धको नेपालको यो चौथो जित हो । प्रतियोगिताको उपाधि भने यसअघि नै इरानले जितिसकेको छ ।








