भारतविरुद्ध मैत्रीपूर्ण खेलमा नेपालको रोमाञ्चक जित - Mangsebung News
  • बुधबार, कार्तिक १३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भारतविरुद्ध मैत्रीपूर्ण खेलमा नेपालको रोमाञ्चक जित

माङसेबुङ । नेपालले मैत्रीपूर्ण महिला फुटबल खेलमा भारतविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ ।

नेपालले बुधबार सिक्किमको पाल्जोर स्टेडियममा भएको अनअफिसियल मैत्रीपूर्ण खेलमा भारतमाथि टाईब्रेकरमा ३–० को जित हासिल गरेको हो ।

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेलको नतिजा टाईब्रेकरबाट भएको हो । जहाँ अन्जना राना मगरले दुई पेनाल्टी बचाइन् ।

टाईब्रेकरमा नपोलका लागि सविता राना मगर, रश्मि कुमारी घिसिङ र निशा थोकरले गोल गरे । अनिता बस्नेतको प्रहार बाहिरिएको थियो ।

यस्तै भारतकी प्रियदर्शनी र अस्ताम ओरामको प्रहार नेपाली गोलकिपर अन्जना राना मगरले बचाइन् । सन्तोषको प्रहार भने बाहिरिएको थियो ।

यसअघि निर्धारित समयमा सौम्य गोगुलोथको गोलमा भारतले पहिले अग्रता लिएको थियो । तर रश्मि कुमारी घिसिङले पहिलो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा गोल गर्दै नेपाललाई बराबरीमा फर्काइन् ।

सिक्किम राज्यको ५०औं स्थापना दिवसको अवसर पारेर नेपाल र भारतको महिला टिमबीच खेल आयोजना गरिएको हो ।

शिलोङमा भएको ट्राईनेसन्स महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेर नेपाल र भारतको टोली सिक्किम पुगेको थियो । ट्राईनेसन्स मैत्रीपूर्ण खेलमा नेपालले भारतलाई २–१ ले पराजित गरेको थियो ।

सम्बन्धित खवर