
माङसेबुङ । नेपालले यूएईमा भएको आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक ओडिआई सिरिजको सबै खेलमा हार बेहोरेको छ ।
नेपालले बुधबार दुबईस्थित आईसीसी एकेडेमीमा भएको अन्तिम खेलमा युएईसँग ४ विकेटले हार बेहोरेको हो । नेपालले अमेरिका र युएईसँगको समान दुबै खेल गुमाएको हो ।
नेपालले दिएको २ सय ४० रनको लक्ष्य युएईले ५ बल अगावै ६ विकेटको क्षतिमा पूरा गर्यो ।
युएईको जितमा मुहम्मद सहदादले सर्वाधिक ९६ रनको बनाए । यस्तै मुहम्मद वसिमले ७६ रन, सोहेब खानले २९ रन र हर्षित कौशिक १३ रन बनाए ।
नेपालका लागि करण केसीले ३ विकेट, सन्दीप लामिछाने, ललिल राजबंशी र नन्दन यादवले समान १ विकेट लिए ।
यसअघि टस हारेर पहिलो व्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३९ रन बनायो ।
नेपालका लागि भीम सार्कीले ४८ रन र कुशल मल्लले ४५ रन जोडे । यस्तै आसिफ शेखले ३४ रन र सन्दीप लामिछानेले १५ जोडे ।
युएईका लागि जुनेद सिद्दिकी, मोहम्मद जवादुल्लाह र धुर्व परासरले समान २ विकेट लिए ।
यसअघि अमेरिकासँग नेपाल पहिलो खेलमा १ सय ६ रन र दोस्रो खेलमा ४ विकेटले खेल पराजित भएको थियो । यस्तै नेपाल युएईसँग पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो ।







