आर्मी झापा महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश - Mangsebung News
  • शुक्रबार, कार्तिक २२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आर्मी झापा महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश

झापा । विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौं एलभिडी झापा महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज (बिहिबार) झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा भएको खेलमा आरएस पोखरा एफसीलार्ई ६–० को फराकिलो अन्तरले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो ।

योसँगै एलभिडी झापा महिला गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ ।

आर्मीको जितमा विमला चौधरीले ह्याट्रिक गोल गरिन् । यस्तै जेनिफर राना मगर, विमला विक र शर्मिला थापाले १–१ गोल गरिन् ।

खेलकी प्लेयर अफ द म्याच आर्मीका विमला चौधरी घोषित भइन् । उनले नगद १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन् ।

शुक्रबार हुने पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लब काठमाडौं र संकटा फुबटल क्लब काठमाडौंबिच प्रतिस्पर्धा हुनेछ । यस्तै शनिबार हुने दोस्रो सेमिफाइनल खेलमा एपिएफ फुबटल क्लब काठमाडौं र त्रिभुवन आर्मी फुबटल क्लब काठमाडौंबिच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ ।

प्रतियोगिताको विजेता टिमले नगद १० लाख १० हजार रुपैयाँ पाउनेछ । त्यस्तै, उपविजेताले नगद पाँच लाख रुपैयाँ पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख ५० हजार रुपैयाँ प्रदान गरिने गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए ।

सम्बन्धित खवर