
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मने उद्घाटन खेलमा काठमान्डु गोर्खाजले साबिक विजेता जनकपुर बोल्ट्समाथि सानदार जित निकालेको छ ।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गर्दै काठमान्डुले सानदार जित निकालेको हो ।
जनकपुरले दिएको १३१ रनको लक्ष्य काठमान्डुले १८ ओभरमै पूरा ग¥यो ।
काठमान्डुको जितमा बेन चाल्र्सवथले सर्वाधिक ४६ रन बनाए । यस्तै आकाश त्रिपाठीले ३९ रन, मिलिन्दा कुमारले १९ रन र भीम सार्की ३ रन जोडे ।

जनकपुरका लागि किशोर महतो, ललितनारायण राजवंशी, जोन निकोल लोफ्टी–इटन र सञ्जय कृष्णमुर्तिले समान १ विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३० रन बनाएको थियो ।
जनकपुरका लागि ओपनर आसिफ शेखले सर्वाधिक ५४ रन बनाए । उनी दोस्रो संस्करणमा अर्धशतक प्रहार गर्ने पहिलो ब्याटर बनेका छन् ।
यस्तै मयन यादवले ३४ रन र लाहिरु समारकूनले २२ रन बनाउनुबाहेक अन्यले उल्लेख्य रन बनाउन सकेनन् ।
काठमान्डुका मिलन्दाले सर्वाधिक ३ विकेट लिए । यस्तै शहाब आलम र सन्तोष यादवले समान एक विकेट लिए ।







