
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) कीर्तिमानी खेलमा विराटनगर किङ्सले सानदार जित निकालेको छ ।
मंगलबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा विराटनगरले पोखरा एभेन्जर्समाथि ५३ रनको सानदार जित निकालेको हो ।
विराटनगरले दिएको २२१ रनको लक्ष्य पछ्याएको पोखराले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १६७ रन मात्र बनायो । विराटनगरले बनाएको यो एनपीएल इतिहासकै सबैभन्दा ठूलो लक्ष्य हो ।
पोखराका कप्तान कुशल भुर्तेलले सर्वाधिक ५९ रन बनाए । यस्तै ओपनर एडम रोसिङ्टनले ३९ रन बनाए ।
विराटनगरको जितमा सन्दीप लामिछाने, प्रतीश जिसी, मर्चेन्ट डे लाङ्गे र शुभम रञ्जितेले समान २ विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ थालेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२० रन बनाएको थियो ।
विराटनगरका लोकेश बम र मार्टिन गप्टिलले शतकीय साझेदारी गरे । ओपनर लोकेशले सर्वाधिक ७२ रन बनाए । यस्तै मार्टिनले ६१ रन बनाए ।
यसैगरी शुभम रञ्जनेले ३८ रन, बसीर अहमदले २३ रन बनाउँदा नरायण जोशी ११ रनमा अविजित रहे ।
पोखराका म्याट टेलरले सर्वाधिक २ विकेट लिए । यस्तै आकाश चन्द, सागर ढकाल र कुशल भुर्तेलले समान १ विकेट लिए ।







