
माङसेबुङ । एएफसी एसियन कप छनोटअन्तर्गत नेपाल मलेसियासँगको दोस्रो लेगमा पनि पराजित भएको छ ।
नेपाल मंगलबार भएको खेलमा मलेसियासँग १–० गोल अन्तरले पराजित भएको हो । नेपालको यो लगातार पाँचौं हार हो ।
पहिलो लेगमा मलेसियासँग नेपाल २–० ले पराजित भएको थियो । नेपाल यसअघि नै एसियन कप छनोटबाट बाहिरिसकेको छ ।







