
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले रोमाञ्चक जित हासिल गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार सम्पन्न खेलमा चितवनले कर्णाली याक्सबिरुद्ध ४ विकेटको रोमाञ्चक जित हात हासिल गरेको हो ।
कर्णालीले दिएको १६७ रनको लक्ष्य चितवनले ५ बल बाँकी रहँदा १७१ रन बनाएर पुरा गर्यो ।
चितवनको जितमा रवी बोपाराले सर्वाधिक ५२ रन बनाए । यस्तै ओपनर दीपक बोहराले ४२ रन, सैफ जैबले ३८ रन र कप्तान कुशल मल्लले २० रन जोडेर आउट हुँदा अर्जुन साउद ८ रनमा अविजित रहे ।
कर्णालीका सोमपाल कामीले सर्वाधिक २ विकेट लिए । यस्तै युनिस सिंह, मार्क वार्ट र युवराज खत्रीले समान एक १ विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ थालेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६६ रन बनाएको थियो ।
कर्णालीका प्रियांक पाञ्चलाले सर्वाधिक ९० रन बनाए । म्याक्स ओ’ डाउडले २० रन, मार्क वार्टले १६ रन, पवन सर्राफले २७ र नजिबुल्लाह जद्रानले अविजित ४ बनाए ।
चितवनका सैफ जैब, सोहेल तान्भिर र रवी बोपाराले समान १ विकेट लिए ।







