
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सले रोमाञ्चक जित हासिल गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा सुदूरपश्चिमले काठमान्डु गोर्खाजबिरुद्ध २९ रनको रोमाञ्चक जित हासिल गरेको हो ।
सुदूरपश्चिमले दिएको १४८ रनको मध्यम लक्ष्य पछ्याएको काठमान्डु १६.५ ओभरमा अल आउट हुँदै १ सय १८ रनना समेटियो ।
काठमान्डुका लागि आकाश त्रिपाठीले सर्वाधिक ३४ रन बनाए । यस्तै जोन सिम्पसनले २४ रन, भीम सार्कीले १२ रन, मिलिन्द कुमारले ११ रन र ओपनर बेन चाल्सवर्थले ८ रन जोडे ।
सुदूरपश्चिमको जितमा स्कट कुगलेन र हर्मित सिंहले समान एक २ विकेट लिए । यस्तै इशान पाण्डे, नरेन साउद र अभिनाष बोहराले समान एक १ विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा १० विकेट गुमाउँदै १ सय ४७ रन बनायो ।
सुदूरपश्चिमका लागि हर्मित सिंहले सर्वाधिक ५३ रन बनाए । यस्तै दीपेन्द्र सिं ऐरीले ३९ रन, आरिफ शेखले २५ रन र इशान पाण्डेले ११ रन जोडे ।
काठमान्डुका लागि करण केसीले सर्वाधिक ४ विकेट लिए । यस्तै मिलिन्द कुमार, सनि पटेल र रसिद खानले समान २ विकेट लिए ।







