एनपीएल : चितवन राइनोजविरुद्ध लुम्बिनीको लायन्सको जित - Mangsebung News
  • शनिबार, माघ १८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एनपीएल : चितवन राइनोजविरुद्ध लुम्बिनीको लायन्सको जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा गत लुम्बिनी लायन्सले पहिलो जित हासिल गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहिबार भएको खेलमा लुम्बिनीले चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको हो ।

चितवनले दिएको १४३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १८.३ ओभरमा ४ विकेट गुमाएर १४६ रन बनाउँदै पुरा गर्याे ।

लुम्बिनीको जितमा अलराउन्डर गुल्बादिन नैबले अविजित रहँदै ४४ रनको योगदान दिए । यस्तै कप्तान रोहितकुमार पौडेलले ३९ रन, ओपनर सन्दीप जोराले २८ रन, डी’आर्च सर्टले ११ रन र दीलिप नाथले १० रनमा बनाउँदा जजे स्मिथ ४ रनमा अविजित रहे ।

चितवनका रिजन ढकालले सर्वाधिक २ विकेट लिए । यस्तै सोहेल तान्विरको नाममा १ विकेट रह्यो ।

यसअघि टस हारेर पहिला ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४२ रन बनाएको थियो ।

चितवनका रवी बोपाराले सर्वाधिक ६६ रन बनाए । यस्तै कप्तान कुशल मल्लले २१ रन सैफ जैबले १५ रन, देव खलानले १४ रन र दीपक बोहराले १० रन जोडे ।

लुम्बिनीका रुबेन ट्रम्पलमनले सर्वाधिक ३ विकेट लिए । यस्तै अविनाश गौतम र नैब समानले २ विकेट लिए ।

सम्बन्धित खवर