
माङसेबुङ । इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा ‘आत्मानन्द गोल्ड कप २०८२’ अन्तरराष्ट्रिय फुटबल प्रतियोगिता भोलिबाट सुरु हुँदैछ ।
माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा भोलि आइतबारदेखि १८औं संस्करणको आत्मानन्द गोल्ड कप खेल्कुद प्रतियोगिता सुरु हुने भएको हो ।
प्रतियोगिताको उद्घाटन खेलमा माङसेबुङ गाउँपालिका इलाम र सिरिजंगा स्पोर्टिङ क्लब मोरङविच प्रतिस्पर्धा हुदैंछ । खेल दिउँसो २ वजे सुरु हुनेछ ।
मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७२औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा महासमारोह २०८२ को अवसरमा मंसिर ७ देखि १७ गतेसम्म प्रतियोगिता सञ्चालन हुने आयोजक आत्मपवित्र खेलकुद समितिका अध्यक्ष मनप्रसाद आङबुहाङले जानकारी दिए ।
प्रतियोगितामा नेपाल र भारतका ८ चर्चित फुटबल टिमहरु सहभागी हुने आयोजक समितिका अध्यक्ष आङबुहाङले जानकारी दिए ।
प्रतियोगितामा नेपालको आयोजक युथ अफ माङसेबुङ, माङसेबुङ गाउँपालिका इलाम, तिजोक यूवा क्लब पाँचथर, दुधे यूथ क्लब झापा, लेटाङ फुटबल क्लब मोरङ, सिरिजंगा स्पोर्टिङ क्लब मोरङ, दमक भाङबारी स्पोर्टिङ क्लब झापा र भारतबाट कञ्चनजंघा फुटबल क्लब सिलगुडी पाहुना टोलीको रुपमा खेलमा सहभागी हुने निश्चित भएको आयोजक आयोजक आत्मपवित्र खेलकुद समितिका सचिव सरिता राईले जानकारी दिएकी छन् ।
प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ७२, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद २ लाख ११ हजार १ सय ७२, मेडल र प्रमाणपत्र पाउने छन् ।
प्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुनेछ ।
यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई नगद ८ हजार १ सय ७२ का साथ ट्रफी र मेडल प्रदान गरिने छ ।
प्रतियोगितामा अत्तिरिक्त खेलतर्फ पुरुष भलिबल, म्याराथन, पक्लुङ (छेलो हान्ने), लठ्ठा तान्ने, धनुकाँड हान्ने, हाँडी फुटाउने, तेक्वान्दो लगायतका खेलहरु समेत संचालन हुनेछ ।
आत्मापवित्र खेलकुद समिति र मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७२औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा समारोह २०८२ को संयुक्त संयोजन र युथ अफ माङसेबुङको सह–संयोजनमा प्रतियोगिता संचालन हुनेछ ।







