एनपीएल : विराटनगर किङ्सको लगातार तेस्रो जित - Mangsebung News
  • सोमबार, मङि्सर ०९, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एनपीएल : विराटनगर किङ्सको लगातार तेस्रो जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले लगातार तेस्रो जित हासिल गरेको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा सोमबार भएको खेलमा जनकपुर वोल्ट्सलाई ९ रनले पराजित गर्दै विराटगरले लगातार तेस्रो जित हासिल गरेको हो । जनकपुरको यो लगातार दोस्रो हार हो ।

विराटनगरले दिएको १३६ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ९ विकेट गुमाएर १२६ रन मात्रै बनाउन सक्यो ।

जनकपुरको लागि जान निकोल लफ्टी इटनले सर्वाधिक ४१ रन बनाए । यस्तै ओपनर लाहिरु मिलनथाले २३ रन, सन्जय कृष्णमुर्तीले २० रन तथा अर्का ओपनर आसिफ शेखले १३ रन बनाए ।

विराटनगरको जितमा कप्तान सन्दीप लामिछाने ४ विकेट लिए । यस्तै सुर्य तामाङले २, सभम रञ्जन र मर्चेल डे लिङगाले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३५ रन बनाएको थियो ।

विराटनगरको लागि सुभम रञ्जनले सर्वाधिक ३७ रन जोडे । यस्तै बासिर अहमदले ३६ रन, ओपनर लोकेश बमले २९ रन, जर्ज मुन्सेले १० रन र मार्टिन गप्टीलले १३ रन जोडे ।

जनकपुरका लागि संगीत कोरे र रुपेश सिंहले समान २ विकेट लिए । आदित्य महताले एक विकेट हात पारे ।

सम्बन्धित खवर