
माङसेबुङ । आईसीसी टी–२० विश्वकप क्रिकेटको समूह तथा खेलतालिका सार्वजनिक भएको छ ।
भारतको मुम्बईमा मंगलबार एक कार्यक्रमका बीच आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा संयुक्त रूपमा हुने आईसीसी टी–२० विश्वकप क्रिकेटको समूह विभाजनसहित खेलतालिका सार्वजनिक गरिएको हो ।
विभाजित समूह अनुसार नेपाली क्रिकेट टोली कठिन समूहमा परेको छ । यो समूहलाई ‘ग्रुप अफ डेथ’ मानिएको छ ।
नेपाली टोली २–२ पटकका विश्वविजेता इंग्ल्यान्ड र वेस्ट इन्डिजसँगै बंगलादेश र इटाली सम्मिलित समूह ‘सी’ मा छ ।
नेपालले इंग्ल्यान्डसँगै पहिलो खेल फेब्रुअरी ८ मा खेल्ने छ । खेल मुम्बईस्थित वान्खडे स्टेडियममा हुनेछ । यस्तै नेपालले फेब्रुअरी १२ मा इटाली, फेब्रुअरी १५ मा वेस्ट इन्डिज र फेब्रुअरी १७ मा बंगलादेशसँग खेल्नेछ । यी खेलहरू पनि मुम्बईमा नै हुनेछन् ।
नेपालको खेलतालिका :
इंग्ल्यान्डसँग – फेब्रुअरी ८ (मुम्बई)
इटालीसँग – फेब्रुअरी १२ (मुम्बई)
वेस्ट इन्डिजसँग – फेब्रुअरी १५ (मुम्बई)
बंगलादेशसँग – फेब्रुअरी १७ (मुम्बई)







