आत्मानन्द गोल्ड कप : आज आयोजक र दमक भाङबारी भिड्दै - Mangsebung News
  • बुधबार, मङि्सर ११, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आत्मानन्द गोल्ड कप : आज आयोजक र दमक भाङबारी भिड्दै

माङसेबुङ । इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा जारी १८औं संस्करणको आत्मानन्द गोल्ड कप २०८२ अन्तरराष्ट्रिय फुटबल प्रतियोगितामा आज आयोजक युथ अफ माङसेबुङ दमक भाङबारी स्पोर्टिङ क्लब झापाविच प्रतिस्पर्धा हुदैंछ ।

माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज बुधबार हुने आयोजक माङसेबुङ र दमक भाङबारीविचको खेल दिउँसो २ वजे सुरु हुनेछ ।

यसअघि हिजो भएको खेलमा कञ्चनजंघा फुटबल क्लब सिलगुडी, भारतबिरुद्ध ७–२ गोलको सानदार जित निकाल्दै दुधे यूथ क्लब झापा सेमिफाइनलमा प्रवेश गरेको छ ।

दुधे झापाको जितमा निमा तामाङ र प्रदीप बुढाथोकीले ह्याट्रिक गरे । सञ्जोग मगरले एक गोल गरे । यस्तै सिलगुडी भारतका लागि पुजन सुब्बा र अभिषेक ठकुरीले एक–एक गोल फर्काए । खेलको मेन अफ दी म्याच दुधे झापाका निमा तामाङ घोषित भए ।

विश्व शान्ति र मानव एकताका निम्ति फुटबल भन्ने नाराका साथ मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७२औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा महासमारोह २०८२ को अवसरमा आयोजित प्रतियोगिताको फाइनल खेल मंसिर १७ गते हुनेछ ।

आत्मापवित्र खेलकुद समिति र मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ ७२औं जन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन नुमाङगेन्ना सेवा महासमारोह २०८२ को संयुक्त संयोजन र युथ अफ माङसेबुङको सह–संयोजन रहेको प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ७२, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद २ लाख ११ हजार १ सय ७२, मेडल र प्रमाणपत्र पाउने छन् ।

सम्बन्धित खवर