नेपाल थ्री नेसन्स कपमा घरेलु टोली इन्डोनेसियासँग पराजित - Mangsebung News
  • बुधबार, मङि्सर ११, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाल थ्री नेसन्स कपमा घरेलु टोली इन्डोनेसियासँग पराजित

माङसेबुङ । नेपाल थ्री नेसन्स कपमा घरेलु टोली इन्डोनेसियासँग पराजित भएको छ ।

बुधबार योग्यकार्तास्थित मागुवोहर्जो रंगशालामा भएको खेलमा नेपाल घरेलु टोली इन्डोनेसियासँग २–१ ले पराजित भएको हो ।

अस्ट्रेलियन लिग खेल्नेक्रममा साम्बा घाइते भएकी थिइन् । उनीबिनै खेलेको नेपालले पराजय भोग्नु पर्यो ।

नेपालले खेलको २०औं मिनेटमा इन्डोनेसियाली डिफेन्डर भीभीको आत्मघाती गोलमा सुरुवाती अग्रता बनाएको थियो । तर, दोस्रो हाफमा इन्डोनेसियाले खेलमा सानदार पुनरागमन ग¥यो । खेलको ५८औं मिनेटमा कप्तान गेअ युमान्डाको गोलमा इन्डोनेसिया खेलमा फर्कियो ।

त्यसपछि खेलको ६७औं मिनेटमा उया अलको गोलमा नेपालले पुनः गोल खायो । योसँगै इन्डोनेसियाले २–१ को संघर्षपूर्ण जित हात पा¥यो ।

सम्बन्धित खवर