एनपीएल : चितवनसँग पराजित विराटनगरको अपराजित यात्रामा लाग्यो ब्रेक - Mangsebung News
  • बुधबार, मङि्सर ११, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एनपीएल : चितवनसँग पराजित विराटनगरको अपराजित यात्रामा लाग्यो ब्रेक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजसँग विराटनगर किंग्स पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा विराटनगर चतवनसँग ४८ रनले पराजित भएको हो । यो सँगै बिराटनगरको अपराजित यात्रामा चितवनले ब्रेक लगाएको छ ।

चितवनले दिएको १७५ रनको लक्ष्य पछ्याएको विराटनगरले १६.५ ओभरमा सबै विकेट गुमाउँदै १२६ रन मात्रै बनाउन सक्यो ।

चितवनको यो दोस्रो जित हो । विराटनगरको भने यो पहिलो हार हो । विराटनगरका मर्चेन डी लिङ्गेले सर्वाधिक ३९ रन बनाए । यस्तै प्रतिश जिसीले ३० रन र साम हिजलेट २२ रनको योगदान दिए ।

चितवनका रञ्जित कुमारले सर्वाधिक ५ विकेट लिए । यस्तै कमलसिंह ऐरीले २ तथा शोहेल तान्वीर, सैफ जैब र कुशल मल्लले समान १ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ थालेको चितवनले ५ विकेट गुमाउँदै १७४ रन बनाएको थियो ।

चितवनका रवी बोपाराले सर्वाधिक ६५ रन बनाए । उनको यो जारी प्रतियोगितामा लगातार तेस्रो अर्धशतक हो । यसैगरी सैफ जैबले ३२ रन, देव खनालले २८ रन र डेबिड मिलानले १७ रन बनाउँदा कुशल मल्लले अविजित २० रन बनाए ।

विराटनगरका सन्दीप लामिछाने र मर्चेन्ट डी लेङ्गेले समान २ विकेट लिए ।

सम्बन्धित खवर