एनपीएल : सुदूरपश्चिमको लगातार चौथो जित, लुम्बिनीको तेस्रो हार - Mangsebung News
  • बिहिबार, मङि्सर १२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एनपीएल : सुदूरपश्चिमको लगातार चौथो जित, लुम्बिनीको तेस्रो हार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले लगातार चौथो जित हासिल गरेको छ ।

बिहीबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई ७ विकेटले पराजित गर्दै लगातार चौंथो जित हसिल गरेको हो । लुम्बिनीको यो लगातार तेस्रो हार हो ।

लुम्बिनीले दिएको १४४ रनको लक्ष्य सुदुरपश्चिमले १८.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । लगातार चार जितपछि ८ अंक जोडेर शीर्ष स्थानमा रहेको सुदूरपश्चिम प्लेअफ नजिक समेत पुगेको छ ।

सुदूरपश्चिमका लागि विकेटकिपर विनोद भण्डनरीले अविजति ६९ रन बनाए । यस्तै आरिफ शेखले ३९ रन, क्रिकेट लिनले १९ रन र जोश ब्राउनले ९ रन जोडे ।

लुम्बिनीका लागि रुबेन ट्रम्पलम्यान, अभिशेष गौतम र तिलक भण्डारीले समान एक/एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १९.४ ओभरमा सबै विकेट गुमाएर १४३ रनमा अलआउट भएको थियो ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए । यस्तै दिलिप नाथले ३१ रन, ओपनर डार्शी सर्ट र सुमित महर्जनले समान १८ रन बनाए ।

सुदूरपश्चिमका अविनाश बोहरा र हर्मित सिंले ३–३ तथा हेम्नत धामीले २ विकेट लिए ।

सम्बन्धित खवर