
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमान्डु गोर्खाजले सानदार जित हासिल गरेको छ ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको खेलमा कर्णाली याक्सविरुद्ध ५ विकेटको सानदार जित निकालेको हो ।
यो जितसँगै काठमान्डु ६ खेलबाट ८ अंकको साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । कर्णालीको भने यो चौथो हार हो ।
कर्णालीले दिएको १५० रनको लक्ष्य पछ्याएको काठमान्डुले १८ ओभरमा ५ विकेट गुमाएर १५५ रन बनायो ।
काठमान्डुको जितमा गेरहार्ड इरास्मसले अविजित ४३ रन बनाए । यस्तै जोन सिम्पसनले ४१ रन, वेन चाल्सवर्थले ३४ रन जोडे ।
कर्णालीका लागि नन्दन यादवले ३ र पवन सराफले १ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४९ रन बनाएको थियो ।
कर्णालीका लागि गुल्सन झाले सर्वाधिक ४९ रन बनाए । यस्तै पवन सराफले ३५ रन र मार्क वाटले ३० रन जोडे ।
काठमान्डुका राशिद खानले सर्वाधिक २ विकेट लिए । यस्तै कप्तान करण केसी, मिलिन्द कुमार र सन्तोष यादवले समान एक विकेट लिए ।







