
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा साविक विजेता जनकपुर बोल्ट्सले पहिलो जित हासिल गरेको छ ।
कीर्तिपुरस्थित अन्तराष्ट्रिय त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै जनकपुरलले पहिलो जित हासिल गरेको हो ।
चितवनले दिएको १७७ रनको लक्ष्य पछ्याएको जनकपुरले १७.३ ओभरमा ४ विकेट गुमाउँदै १८० रन बनायो ।
जनकपुरको जितमा ओपनर माज सदाकतले सर्वाधिक ६३ रन बनाए । यस्तै अनिलकुमार साहले ६१ रन, आसिफ शेखले १८ रन, जान निकोल लोफ्टी–इटनले ११ रन, आदित्य महताले १८ रन र सञ्जय कृष्णमुर्ति ५ रनमा अविजित रहे ।
चितवनका लागि सोहिल तान्वीर, कमलसिंह ऐरी र अमर रौटेलाले समान १ विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको थियो ।
चितवनका ओपनर डाभिड मलानले सर्वाधिक ८० रन बनाए । यस्तै अर्जुन साउदले ५२ रन, कप्तान कुशल मल्लले अविजित ३० रनको योगदान दिए ।
जनकपुरका अनिलकुमार साह, रुपेश सिंह, जान निकोल लोफ्टी–इटन र माज सदाकतले समान १ विकेट लिए ।





