
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले विराटनगर किङ्समाथि सानदार जित हासिल गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको खेलमा विराटनगरलाई ५ विकेटले पराजित गर्दै लुम्बिनील सानदार जित हासिल गरेको हो ।
यस जितसँगै लुम्बिनीले ६ खेलबाट ६ अंक साथ तालिकाको चौथो स्थानमा उक्लिएको छ । विराटनगरले भने एक खेलअगाबै प्लेअफमा पुग्ने अवसर गुमाएको छ ।
बिराटनगरले दिएको १४५ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो ।
लुम्बिनीको जितमा ओपनर डार्शी शर्टले सर्वाधिक ५७ रन बनाए । यस्तै सन्दीप जोराले २५ रन, सुमित महर्जनले १० रन र निरोशन डिक्वेलाले अविजित २९ रन बनाए ।
बिराटनगरका सन्दीप लामिछाने र सुबास भण्डारीले समान २ विकेट लिए । यस्तै बसिर अहमदले एक विकेट लिए ।

यसअघि टस हारेर पहिला व्याटिङ गरेको बिराटनगरले ८ विकेटको क्षतिमा १४४ रन मात्र बनाउन सक्यो ।
बिराटनगरका लागि लोकेश बमले सर्वाधिक ३५ रन बनाए । यस्तै बसिर अहमदले २८ रन, साम हिजलेटले २७ रन, फाफ डुप्लेसीले १२ रन, प्रतिश जिसीले ११ रन, मर्चेन्ट डि लाङ्गे अविजित १० रनमा र अन्तिम बलको सामना गरेका कप्तान सन्दीपले छक्का प्रहार गरे ।
लुम्बिनीका लागि शेर मल्लले सर्वाधिक ३ विकेट लिए । यस्तै जेजे स्मिथ, रूबेन ट्रम्पलम्यान र अभिशेषले समान १ विकेट लिए ।







