
काठमाडौं । पाकिस्तानको कराँची सिटी एफसीलाई पराजित गर्दै एपीएफ साफ क्लब महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा कराँची सिटीलाई १–० को गोल अन्तरले हराउँदै एपीएफले फाइनलको यात्रा तय गरेको हो । एपीएफको जितका रश्मिकुमारी घिसिङले एक मात्र गोल गरिन ।
यो सँगै फाइनलमा एपीएफले भारतको इस्ट बंगाल एफसीसँग प्रतिस्पर्धा गर्ने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको अर्को खेलमा बंगलादेशको नासिरन स्पोर्टस एकेडेमीलाई ७–० को गोल अन्तरले हराउँदै इस्ट बंगालले फाइनलको यात्रा तय गरेको हो ।
जितसँगै इस्ट बंगाल ३ खेलबाट ९ अंकका साथ शीर्षस्थान कायम गरेको छ । यस्तै समान खेलबाट ७ अंक रहेको एपीएफ दोस्रो स्थानमा छ ।
यी दुईले लिग चरणको अन्तिम खेल खेल्न बाँकी रहेको छ ।







