साफ महिला क्लब च्याम्पियनसिपको उपाधि इस्ट बंगाललाई - Mangsebung News
  • सोमबार, पुष ०७, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

साफ महिला क्लब च्याम्पियनसिपको उपाधि इस्ट बंगाललाई

काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिपको उपाधि इस्ट बंगाल एफसीले चुमेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा नेपालीको क्लव एपीएफ एफसीलाई ३–० ले पराजित गर्दै भारतीय क्लब बंगालले उपाधि चुमेको हो ।

बंगाललाई जिताउन फजिलाले २ तथा सिल्की देवीले १ गोल गरिन् ।

योसँगै इस्ट बंगाल अपराजित रहँदै उपाधि चुम्न सफल रह्यो । एपीएफ भने फाइनलमा गएर चुक्न पुग्यो ।

लिग चरणमा दुई खेलमा जित र २ बराबरीसहित एपीएफ शीर्ष दुईमा रहेर फाइनलमा पुगेको थियो ।

सम्बन्धित खवर