छ.कि.न.टे.न. स्मृति कप : सिङफेरे यूथ क्लब सेमिफाइनलमा प्रवेश - Mangsebung News
  • सोमबार, पुष ०७, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

छ.कि.न.टे.न. स्मृति कप : सिङफेरे यूथ क्लब सेमिफाइनलमा प्रवेश

माङ्सेबुङ । सिङफेरे यूथ क्लब छ.कि.न.टे.न. स्मृति कप पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार इलामको माङसेबुङ ५, मा अवस्थित आत्मानन्द रंगशालामा भएको खेलमा यूथ अफ माङसेबुङलाई ६–० को फराकिलो गोल अन्तरले पराजित गर्दै सिङफेरे सेमिफाइनलमा प्रवेश गरेको हो ।

सिङफेरेको जितमा प्रोसित योगिले चार तथा सुदिप लिम्बूले दुई गोल गरे ।

फुटबल प्रतियोगिताको उद्घाटन किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समिति अध्यक्ष केहेरसिं योङहाङले गरेका थिए ।

समाजिक,धार्मिक, सास्कृतिक रुपान्तरण निमित्त त्याग र बलिदान दिने व्यक्तित्वहरुलाई श्रद्धा एवं सम्मान गरौं भन्ने नाराको साथ किरात शहिदहरुको स्मृतिमा फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितामा सिङफेरे यूथ क्लब , इलाम , यूथ अफ माङसेबुङ, मुजुरभिट्टा क्लब झापा, फुङनाम इस्पोर्टिङ क्लब , द बुद्ध बिगिनी मिक्लाजुङ , पलासे यूथ क्लब महमाई , नवदिप युवा क्लब मिक्लाजुङ, ठेवा खोला एफ सी माईनगर गरि ८ टीमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ५० हजार रुपैयाँ मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद २५ हजार रुपैयाँ मेडल र प्रमाणपत्र पाउने छन् ।

फुटबल प्रतियोगिताको मुख्य संयोजन नालीफूङवा संस्थापन समुह, किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भो र सावदेन सयङ रहेको खेलको आयोजना आत्म–पबित्र हक्चात यक्चुम खेलकुद समितिले गरेको हो । फाइनल खेल पुस ९ गते हुनेछ ।

समाजिक,धार्मिक, सास्कृतिक रुपान्तरण निमित्त त्याग र बलिदान दिने व्यक्तित्वहरु स्वः छत्र सावदेन(इलाम), स्वः टेकबहादुर अन्छङ्बो(ताप्लेजुङ), स्वः रनधोज लाओती (पान्थर), स्वः कीर्तिमान एवाइ राई (इलाम) र स्वः नरप्रसाद लिङ्देन (ताप्लेजुङ) पाँच जनाको स्मृतिमा पुरुष फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।

किरात धर्म दर्शन, भाषा, लिपि र सस्कृतिको लागि दिलो ज्यान दिने पाँच जना किरात शहिदहरु तत्कालीन दशबर्षे द्वन्दकालमा माओवादीद्वारा मारिएको हो ।

सम्बन्धित खवर