आईसीसी टी-२० विश्वकप २०२६ लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा - Mangsebung News
  • बुधबार, बैशाख ०९, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आईसीसी टी-२० विश्वकप २०२६ लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा

माङसेबुङ । आईसीसी टी-२० विश्वकप २०२६ का लागि नेपालको १५ सदस्यीय टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले अर्को महिना भारत र श्रीलंकामा संयुक्त रूपमा हुने आईसीसी टी-२० विश्वकप २०२६ का लागि रोहित पौडेलको कप्तानीमा नेपालको टोली घोषणा गरेको हो ।

टोलीमा उदीयमान खेलाडी घोषित शेर मल्ल पहिलोपटक नेपालको सिनियर टोलीमा समावेश भएका छन् ।

नेपालको टोली : रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, गुल्शन झा, सन्दीप लामिछाने, नन्दन यादव, शेर मल्ल, ललित राजवंशी, करण केसी, सोमपाल कामी, बसिर अहमद, लोकेश बम, सन्दीप जोरा ।

सम्बन्धित खवर