
माङसेबुङ । स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले चुमेको छ ।
आइतबार राति साउदी अरेबियाको जेद्दाहमा भएको रोमाञ्चक फाइनल खेलमा रियल म्याड्रिडबिरुद्ध ३-२ को रोमाञ्चक जित निकाल्दै बार्सिलोनाले लगातार दोस्रो पटक स्पेनिस सुपर कपको उपाधि चुमेको हो ।
यो जितसँगै बार्सिलोनाले १६औँ पटक स्पेनिस सुपर कप जितेको छ । बार्सिलोनाले गत वर्ष पनि फाइनलमा रियललाई नै हराएको थियो ।
बार्सिलोनाको जितमा राफिन्हाले दुई तथारोबर्ट लेवान्डोस्कीले एक गोल गरे । रियलका लागि भिनिसियस जुनियर र गोंजालो गार्सियाले एक एक गोल गरे ।
सन् २०११ यता बार्सिलोना पहिलो पटक लगातार दुई पटक स्पेनिस सुपर कपको उपाधि जित्न सफल भएको हो ।







