खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरण महासमारोहको तयारी पूरा - Mangsebung News
  • आइतबार, असार २१, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरण महासमारोहको तयारी पूरा

माङसेबुङ । सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा माङवाहाङवा वितरण महासमारोह २०८२ को तयारी पूरा भएको छ ।

सोमबार किरात धर्मावलम्बीको केन्द्रीय धार्मिक तीर्थस्थल इलामको माङसेबुङमा अवस्थित किरात हाङसाम मुजोत्लुङ माङहिम परिसरमा महासमारोह समुद्घाटन हुने महासमारोह अध्यक्ष तथा किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङले जानकारी दिएका छन् ।

महासमारोहका अध्यक्ष योङहाङका अनुसार सोमबार कार्यक्रम समुद्घाटन, किरात सांस्कृतिक साहित्य पुरस्कार वितरण र शुभकामना आदानप्रदान कार्यक्रम हुनेछ ।

मंगलबार (माघ ६ गते) मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूबाट विशेष आशीर्वचन, पुस्तक पुस्तिका विमोचन, धन्यवाद पत्र वितरण, सम्मान कार्यक्रम र माङवाहाङवा (बीउबिजन) वितरण हुने कार्यक्रम छ ।

सम्बन्धित खवर