नेपाल आईसीसी टी-२० विश्वकपको पहिलो खेलमा इंग्ल्यान्डँग भिड्दै - Mangsebung News
  • मङ्गलबार, फागुन १२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाल आईसीसी टी-२० विश्वकपको पहिलो खेलमा इंग्ल्यान्डँग भिड्दै

माङसेबुङ । आईसीसी टी-२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा नेपालले बलियो टोली इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले आज आईतबार मुम्बईमा इंग्ल्यान्डविरुद्ध खेल्दै आईसीसी टी–२० विश्वकपको सुरुवात गर्नेछ ।

तेस्रोपटक विश्वकप खेल्न लागेको नेपाली टोली यसअघिका दुई विश्वकपमा समूह चरणबाट अगाडि बढ्न सकेको थिएन । यसपटक भने सुपर ८ पुग्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ ।

शनिबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिन तीन खेल सम्पन्न भइसकेका छन् र तीनवटै खेलमा एसोसियट टोलीले टेस्ट राष्ट्रलाई कडा टक्कर दिएका थिए ।

नेदरल्यान्ड्सले पाकिस्तान, स्कटल्यान्डले वेस्ट इन्डिज अनि अमेरिकाले भारतविरुद्ध राम्रो फाइट दिएका थिए । नेपाल पनि इंग्ल्यान्डजस्तो बलियो टोलीसँग खेल्दा केही न केही ‘स्पेशल’ गर्ने खोजीमा हुनेछ ।

 

सम्बन्धित खवर