
माङसेबुङ । नेपाल आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ ।
आइतबार मुम्बईस्थित वाङ्खडे स्टेडियममा इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याउँदा नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८० रन मात्र बनाउन सक्यो ।

अन्तिम ओभरमा नेपाललाई जितका लागि १० रन आवश्यक थियो। दबाबपूर्ण अवस्थामा नेपालले अन्तिम बलसम्म खेल तान्न सफल भए पनि आवश्यक रन बनाउन नसक्दा खेल ४ रनले इङ्ल्यान्डको पक्षमा गयो।








